Connect with us
Kapilvast Forest

माधव नेपालसँग चौथाइवालेको भेटवार्ता

२०७८, १० भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाललाई भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेट्नु भएको छ ।चौथाइवालेले बुधबार राति सामाजिक सञ्जालमार्फत् नेपालसँग भेटेको जानकारी दिनु भएको हो । ‘काठमाडौंमा मेरो अन्तिम भेट वरिष्ठ कम्युनिस्ट नेता तथा नेपालका पूर्वप्रधानमन्त्री माधव नेपालजीसँग साँझ भएको थियो उहाँले लेख्नु भएको छ , ‘द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने विषयमा फलदायी छलफल भयो।’

चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतसँग भेटवार्ता गर्नु भएको थियो ।

 

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu