Connect with us
Kapilvast Forest

ओलीद्वारा केन्द्रीय कमिटीको बैठक आवहान

२०७८, १० भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउनुभएको छ । पार्टी केन्द्रिय कार्यालयका सचिव शेरबहादुर तामाङले आज मध्यान्ह १२ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा केन्द्रीय कमिटी बैठक बस्ने तय भएको जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएसंगै पार्टी औपचारिक रुपमा विभाजन भएपछि पहिलोपटक आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

नेपालको नेतृत्वमा भएको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगबाट हिजो राती नयाँ दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको थियो । माधव नेपाल अध्यक्ष रहेको पार्टीमा झलनाथ खनाल बरिष्ठ नेता रहनुभएको छ । उक्त दलको ५५ जना केन्द्रीय सदस्यीय कार्यसमिति रहेको छ ।

यस्तै एमालेमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएपछि बिगतमा नेपाल समूहमा रहेका तर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) मा नगएका नेपाल समूहका दोस्रो तहका नेताहरु एमालेमै फर्केपछि पहिलो पटक केन्द्रीय समिति बैठक हो ।

समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका विभिन्न विषयहरूमा छलफल गर्न एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले यसअघि स्थायी कमिटी बैठक गरेर १० बुँदे सहमति कार्यान्वनमा लैजाने निर्णय गरेको थियो ।

आज बस्न लागेको केन्द्रिय कमिटी बैठकमा पार्टी विभाजन गरेर नेपाल समूहमा लागेका सवै नेताहरुलाई कारबाही प्रक्रिया अगाडि बढाउने कार्यालय सचिव तामाङले बताउनुभयो । नेपालले आफ्नो नेतृत्वमा निर्वाचन आयोगमा नेकपा(एकीकृत समाजवादी) दल दर्ता गरी प्रमाणपत्र समेत हिजो प्राप्त गरिसकेका छन् ।

साथै आजको बैठकमा १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे बैठकमा छलफल हुनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu