Connect with us
Kapilvast Forest

बैठकमा जान्नँ, राजीनामा पठाइदिन्छु:एमाले उपाध्यक्ष वामदेव गौतम

२०७८, १० भाद्र बिहीबारमा प्रकाशित

 

काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गर्नु भएको छ । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्नु भएको हो ।

 

नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्नँ र तपाईलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको छु’, नेता गौतमले भन्नुभयो , ‘उपयुक्त समयमा राजीनामा पठाइदिन्छु, सायद त्यो एकदुई दिनभित्रै हुन्छ ।’गौतम आज बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा समेत सहभागी नहुने बाउनुभएको छ ।

 

एमालेबाट राजीनामा दिने घोषणा गरे पनि माधव नेपालको पार्टीमा लाग्ने, नलाग्नेबारे गौतम खुलिसकेको छैन । अब आफ्नै ढंगले अघि बढ्ने गौतमले बताउनुभयो ।एमाले उपाध्यक्ष गौतमले एमाले विभाजन नहुँदै फरक संगठनात्मक गतिविधि सञ्चालन गर्दै आउनुभएको छ । ‘म अब आफ्नै ढंगले अघि बढ्छु’, गौतमको भनाइ छ ।

तपाईले राजीनामा दिनुअघि आजै तपाईँमाथि कारवाही भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा गौतमले ‘कारवाही गरे झन् राम्रो हुने’ प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो , ‘कारवाही गरे त झन राम्रो नि । गरुन् न

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu