Connect with us
Kapilvast Forest

शिवराजका स्थापित नेताहरु नेकपा एकिकृत समाजवादी तर्फ

२०७८, ११ भाद्र शुक्रबारमा प्रकाशित

कपिलवस्तु-माधवकुमार नेपालले नयाँ पार्टी नेकपा (एकिकृत समाजवादी) दर्ता गरे सगैँ नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले केन्द्र देखि स्थानिय तह सम्म दुइ धारमा विभाजन भएको छ । सोहि अनुसार पार्टी विभाजनको असर शिवराज नगरपालिकामा पनि परेको छ । शिवराजमा अधिकांश एमाले नेताहरु एमालैमै रहे पनि स्थापित मुख्य धारमा रहेका नेताहरु नेकपा (एकिकृत समाजवादी) पार्टीमा लागेका  छन ।

पार्टीका बरिष्ठ नेता तथा पुर्व महासचिव माधव कुमार नेपालले एमाले बिभाजन गरेर एकिकृत समाजबादी गठन गर्दा शिवराजमा जनप्रतिनिधी र कार्यक्रतामा असर नपरे पनि स्थापित समयका एमाले नेता एकिृत नेकपा समाजवादिमा लागेका छन । लामो समय सम्म राजनितिक गरेका क्षेत्र बहादुर खत्री नेकपा समाजवादिमा खुल्नुभएको छ । चुनावको बेला नेकपा एमालेलाई जिताउनु धेरै भुमिका निभाएका खत्री नेकपा समाजवादी लागेपछि चन्द्रौटा क्षेत्रका नेता कार्यक्रता खुल्न सकेका छैनन् । हाल बुुटवल निवासी खत्री शिवराज क्षेत्रमा आएर राजनिति गरेको खण्डमा यस क्षेत्रका राजनितिक परिवर्तन हुन सक्ने सम्भावना छ ।

त्यस्तै नेकपा एमालेका प्रभावसाली नेताको रुपमा रहेका लंका बहादुर हमाल नेकपा समाजवादीको जिल्ला अध्यक्ष हुनुभएको छ । गत निर्वाचनमा नगरको मेयरका आकाक्षी रहेका हमालले अब सक्रिय रुपमा राजनिति गर्ने जनाउनुभएको छ । एमालेमा आन्तिरिक विवाद भएपछि उहाँले केहि समय राजनिति नगर्ने बताउनुभएको थियो । कपिलवस्तुमा एमाले महिला नेतृ मिना परियार पनि नेकपा समाजवादी तर्फ रहनुभएको छ ।

विगत देखिनै माधवकुमार नेपाल प्यानलमा रनुभएकि परियार २०७० सालमा कपिलवस्तु क्षेत्र न ५ कि सांसद उम्मेदवार बन्नुभएको थियो । एमालेमा माथिल्लो तह सम्म पहुच रहेकि परियारको मधेशि महिलाहरु धेरै पकड रहेको बुझिन्छ । त्यस्तै अब्दुल रहुफ,ओम प्रकाश कुर्मी,सरोज पौडेल लगाएतका नेताहरु नेकपा समाजवादी तर्फ खुल्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu