Connect with us
Kapilvast Forest

काङ्ग्रेस नगर सभापतिका लागि सितगगांमा तिन जना आकांक्षी

२०७८, १२ भाद्र शनिबारमा प्रकाशित

अर्जुन बेल्बासे चन्द्रौटा-कपिलवस्तु नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै क्षेत्रफलको हिसावले देशकै सबै भन्दा ठुलो नगरपालिका सिगंगा नगरपालिकाको कांग्रेस नगर सभापतिको नेत्रित्वमा दौडधुप बढन थालेको छ ।

देशकै ठुलो नगरपालिकाका नगरपालिकाको सभापतीमा ३ जना नेताहरुले नेतृत्वको आकांक्षा देखाए सँगै नगरमा अधिवेशनको सरगर्मी बढेको छ । नगरमा औपचारिक उम्मेदवारी घोषणा नगरे पनि सभापतिका आकांक्षीहरुले भने कार्यकर्ता भेटघाटलाई तिब्र बनाएका छ्न ।

आगामी अधिवेशनबाट काङ्ग्रेस सितगगांको सभापति पदका लागि नगर संयोजक मोती बेल्वासे पुनः सभापतिमा दोहोरिन खोज्नुभएको छ भने लामो समय देखि कांग्रेशको राजनिति र शिक्षण पेसा अंगाल्दै अहिले सितगगां नगरपालिका वडा न ७ का वडा अध्यक्ष समेत रहनुभएका मोहन प्रसाद पन्थीले सभापतिमा दाबेदारी गर्नु भएको छ त्यस्तै अर्का नगर सभापतिका प्रत्यासी कांग्रेश नेता नारायण बेल्वासेले नगरसभापतीमा आफ्नो दावी रहने बताउनुभएको छ ।
मोहन प्रसाद पन्थी

विद्यार्थी राजनीति हुँदै पार्टीको राजीतिमा होमिएका पन्थी लामो समय देखि कांग्रेशमा राजनिति गरें उमेद्वारी घोषण कुनै नौलो कुरा हैन ,उम्मवेद्वारी मात्रै हैन पार्टिलाई एउटा जिम्मेवार नेत्रित्वमा आएर पार्टिलाइ अगाडि बढाउन आफनो सभापतिको उम्मेदवार बन्ने बन्ने बताउनुभयो । जिल्ला र नगरमा कांग्रेश नेताको समर्थन रहेको छ म नगरको कांग्रेश नेत्रित्वको लागि नगरमा सबैको साझा उम्मेदवार भएर अगाडि बढ्ने बताउनुभयो ।

पार्टीमा जिम्मेवारी राम्रैसँग निर्वाह गरेको छुँ,’ , ‘नगर सभापतिमा दाबेदारी प्रस्तुत गरेको छु, काङ्ग्रेसलाई एकढिक्का बनाएर लैजाने योजना छ उहाँले भन्नुभयो ।


मोती बेल्वासे
काङ्ग्रेस सितगगांको नगर संयोजक समेत रहनुभएका मेति बेल्बासेले काङ्ग्रेसलाई गतिशील बनाउन सभापतिमा उठ्ने बताउउनुभएको छ ।
काङ्ग्रेसमा गुट–उपगुट रहे पनि आफू सबैको साझा उम्मेदवार बन्ने उहाँले बताउनुभयो ।

नारायण बेल्वासे
नेपाली काङ्ग्रेस अर्का नेता जिल्ला तथा नगरमा आफनो नामको राम्रो छाप बसाल्नुभएका अर्का नगर सभापतिका आकांक्षि नारायण बेल्वासेले नेलाी कांग्रेशलाई राजनीतिक रुपमा चलायमान गर्नका लागि आफनो नेतृत्वको कुरा पनि अत्यन्तै महत्वपुर्ण रहेकोले सितगंगामा नगर सभापतिको नेतृत्वमा जाने निर्णय गरेको बेल्बासेले आफू उम्मेदवार हुने बताउनुभयो

कांग्रेसको १४ औं महाधिवेशन भदौं १८ गते वडा अधिवेशन, २७ गते गाउँ र नगरपालिका अधिवेशन, असोज १ गते प्रदेश क्षेत्र अधिवेशन, असोज ५ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, असोज १० गते जिल्ला अधिवेशन, कार्तिक ९ देखि १२ प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।

केहि दिन यता नेपाली काङ्ग्रेस शितगङगा नगर कार्य समितिको पदमा नेपाली काङ्ग्रेस पुर्व जिल्ला सदस्य तथा सबिक सिमलपानी गाबिस सभापति नुन बहादुर बि सीले पनि आफ्नो उम्मेद्बारी दिने तयारी भएको बताउँदै आउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu