Connect with us
Kapilvast Forest

वाईसीएललाई कार्यकारी राष्ट्रपतिको मुद्दा उठाएर अघि बढ्न शर्माको निर्देशन

२०७८, १२ भाद्र शनिबारमा प्रकाशित

janardhan

 

 

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुख तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग(वाईसीएल)लाई कार्यकारी राष्ट्रपतिको मुद्दा उठाएर अगाडि बढ्न निर्देशन दिनु भउको छ ।

वाईसीएलको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै शर्माले विगतमा पार्टीले उठाउँदै आएका मुद्दालाई बोकेर अघि बढ्न निर्देशन दिनु भएको हो । ुकार्यकारी प्रमुखको कुरा, समानुपातिक निर्वाचन, पहिचान र विशेष अधिकारका मुद्दा बाँकी छन् । ती मुद्दाहरूलाई समातेर अगाडि बढ्नुस्,ु उहाँले भन्नु भयो ।

 

वाईसीएल मुद्दा विहीन बनेमा जीवन्त नहुने शर्माको भनाइ थियो । उहाँले विगतमा पार्टीले उठाउँदै आएका र पूरा हुन नसकेका मुद्दालाई फेरि उठाउनुपर्ने बताउनु भयो ।

२०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको शासकीय प्रणालीमा जानुपर्ने माग उठाएको थियो । तर संविधान निर्माणका क्रममा सहमति गर्दै माओवादी कार्यकारी प्रधानमन्त्रीको पक्षमा लागेको थियो ।

 

वाईसीएलले सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणको मुद्दा बोकेर अघि बढ्नुपर्ने शर्माको भनाइ थियो । उनले संगठनलाई विस्तार गर्दै सदस्यलाई रोजगारी र उत्पादनमा जोड्ने योजना ल्याउन सुझाव दिनु भयो ।

संगठनले तय गरेका नारालाई कार्यान्वयन गर्न र गुटबन्दी नगरी सहमति गरेर अघि बढ्न पनि शर्माले निर्देशन दिनु भएको छ । उहाँले सहमतिका आधारमा नै संगठनमा कार्यविभाजन गर्नका लागि सुझाव दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu