Connect with us
Kapilvast Forest

विजयनगरमा खुल्लातीज गीत प्रतियोगिता सम्पन्न

२०७८, २३ भाद्र बुधबारमा प्रकाशित

 

कृष्ण पौडेल, विजयनगर –कपिलवस्तुको विजयनगर गाउँपालिकामा खुल्ला तीज गित प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको वडा न ६ प्रेमनगर भटनीमा तीज गीत कार्यक्रम भएको हो । कार्यक्रम ६ न वडा कार्यालयको आयोजना र रेडियो विजयनगरको सहकार्यमा मंगलवार खुल्ला तीज गीत प्रतियोगिता भएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा नयाँ नेपाल आमा समूह मगरघट्टा प्रथम, ज्ञान ज्योति बाल क्लब मगरघट्टा दोस्रो, आदर्श युवा क्लब बद्दौरले तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । तीज गितमा प्रतियोगितामा भाग लिएका ५ वटा समुहवीच कडा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रथम हुने समुहले नगद १५ हजार, मेडल र प्रमाण पत्र, दोस्रो हुने समुहले १० हजार नगद, मेडल र प्रमाणपत्र र तेस्रो हुने समुहले ५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विजेता समुहहरुलाई बधाई तथा शुभकामना दिदै दिदि बहिनीहरुको महान पर्व हरितालिका तीजलाई सभ्यभव्य रुपमा मनाउन अनुरोध गर्नुभएको छ । उहाँले एक आपसमा समाजिक सद्भावमा खलल नपर्ने गरि सबैले मिलि सद्भावपूर्ण रूपमा तीजलाई मनाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष थापाले अनावश्यक रुपमा चाडपर्वको नाममा फजुल खर्च गर्न नहुने कुरामा जोड दिनुभयो । कार्यक्रममा आधुनिक तथा लोक दोहोरी गायक दीपक भण्डारी, गायिका वर्षा लम्साल र मोडेल तथा नृत्य निर्देशक सुमन पौडेलको बेजोड प्रस्तुतिसमेत रहेको थियो ।

कार्यक्रम ६ न वडाका वडा अध्यक्ष प्रेम बहादुर कलवारको अध्यक्षता, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाको प्रमुख आतिथ्यता, जनप्रतिनिधि, समाजसेवि, बुद्धिजीवी लगायतको उपस्थितिमा रेडियो विजयनगरका सचीव तथा लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुका प्रवक्ता दीपक भण्डारीको संचालनमा सम्पन्न भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu