Connect with us
Kapilvast Forest

बिपि जयन्तीमा बिपन्न परिवारलाई सहयोग

२०७८, २४ भाद्र बिहीबारमा प्रकाशित

कपिलवस्तु -१०८ औ बिपि जयन्तीका अवसरमा तरुण दल कपिलवस्तु र नेबि संघले बाणगंगा नगरपालिका बुङ्ची स्थित अपि बिपन्न एक परिवारलाई खादान्न र स्टेस्नरी सहयोग गरेको छ । रुख बाट लडेर अपांग भए पछि खानलाउन समते समस्या भएका राम प्रसाद थारुको परिवारलाई दरुण दलका अध्यक्ष शक्ति सिंह ठकुरी र नेबि संघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल वडा अध्यक्ष गणेश क्षेत्रीले संयुक्त रुपमा सो सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा अध्यक्ष ठकुरीले आफुहरुले गबि र बिपन्न असाहयहरुलाई बिभिन्न सहयोग गर्दे आएको बताउनु भयो । दुर्घटना भए पछि अपांग भएका थारुको परिवारमा संकट परेको छ ।

उहाँका २ छोरी, आमा बुवा र श्रीमिति छन । सो सहयोग पाएकोमा सहयोगी हातहरु प्रति थारुले कृतज्ञता ब्यक्त गर्नु भयो । चामल दाल नुन तेल साबुन सर्फ च्यवनप्रास, झोला कापी कलम र आर्थिक समेत सहयोग गरिएको थियो । कार्यक्रममा तिलक थापा, सुर्य बराल, दिनेश क्षेत्री, ईश्वर थापा, सरोज सेन, खुम बहादुर मल्ल, लक्ष्मी बोगटी, धन बहादुर विसि, बद्ी काफले, हितेन्द्र बिस लगायतको सहभागीता थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu