Connect with us
Kapilvast Forest

थपिए १ हजार २७१ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु

२०७८, २४ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २७१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १८ सय ४५ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ जनाको परीक्षण भएको थियो । अहिले सक्रिय संक्रमित २८ हजार ६७८ जना छन् ।जसमा २६ हजार ८८६ जना घरमै आइसोलेसनमा छन् भने १७ सय ९२ जना संस्थागत आइसोलेसनमा छन् । ४५८ जना आइसियु र १३९ जना भेन्टिलेटरमा छन् ।

हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७४ हजार ५८७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार २१९ जना पुगेको छ ।यस्तै संक्रमितमध्ये ७ लाख ३५ हजार ६ जना निको भएका छन् । मृतकको कुल संख्या १० हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu