Connect with us
Kapilvast Forest

कपिलवस्तुमा एमसीसीविरुद्ध ७ वटा दलको संयुक्त आन्दोलन

२०७८, २५ भाद्र शुक्रबारमा प्रकाशित

तस्विर: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुमा एमसीसी विहिवार गरेको विरुद्ध विरोध

कपिलवस्तु-अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता विरुद्ध विभिन्‍न ७ राजनीतिक दलहरुले कपिलवस्तुको तौलिहवामा संयुक्त आन्दोलनको घोषणा गरेका छन् ।आज शुक्रबार तौलिवामा ७ दलले संयुक्त विरोध प्रर्दशन गर्ने भएका हुन ।

नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (माले), नेकपा (क्रान्तिकारी माओवादी), बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले विहीबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

दिउँसो १ बजे हुने विरोध सभामा जिल्लाका युवा, बुद्धिजिवी, व्यापारी, देशभक्त, क्रान्तिकारी र बामपन्थी नागरिकलाई उपस्थित हुनआग्रह गरेका छन् ।
एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै यसलाई लागू गर्न नहुने माग सहित जिल्लाका ७ कम्युनिष्ट घटकले विरोध प्रर्दशन गर्न लागेका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu