Connect with us
Kapilvast Forest

बुद्धभूमिमा ५६ दलित छात्रालाई निशुल्क साइकल वितरण

२०७८, २५ भाद्र शुक्रबारमा प्रकाशित

कपिलवस्तु-शिक्षातर्फ आकर्षित गर्नका लागि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले ५ वडाका ५६ दलित छात्रालाई निशुल्क साइकल वितरण गरेको छ । शिक्षा दिवसको अवसर पारेर ५ वडामा कक्षा ८ मा अध्ययरत दलित छात्रालाई अध्ययनमा टेवा पुगोस भनेर बुद्धभूमिले निशुल्क साइकल वितरण गरेको हो । ५३ दलित छात्रालाई साइकल वितरण गरेको छ।दलित समुदायका छात्राहरुलाई एक थानका दरले साइकल वितरण गरिएको हो। गएको असारमा पनि नगरको दक्षिणी भेगका ५ वडाका कक्षा ५ मा अध्ययन गर्ने सबै छात्रालाई नगरपालिकाले साइकल वितरण गरेको थियो ।
आर्थिक रुपमा दयनिय अवस्था हुँदा विद्यालय जान समस्या हुने र त्यसले विद्यालय छाड्ने दर बढेको भन्दै यहाँका दलित छात्राहरुलाई साइकल वितरण गरिएको नगरप्रमुख केशव कुमार श्रेष्ठले बताउनु भयो ।अगामी दिनमा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत हरेक विद्यार्थीलाई लक्षित कार्यक्रम समेत संचालनमा ल्याउने बताउनु भयो
आफुहरु सिंगो नगरको शैक्षिक सुधारमा लागेको भन्दै उहाँले यसमा सबैको रचनात्मक तथा सृजनात्मक सहयोगको खाँचो रहेको औल्याउनुभयो । वितरण गरिएको साइकल नगरको उत्तरी क्षेत्र र राजमार्ग आसपास रहेका वडा नं। १, २, ३, ४ र ९ भित्र रहेर कक्षा ८ मा पढ्ने दलित छात्रालाई वितरण गरिएको हो ।
साइकल वितरण कार्यक्रममा नगर उप प्रमुख मिरा थारु, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णप्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो।
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu