Connect with us
Kapilvast Forest

एमाको अवरोधबीच प्रतिनिधिसभा बैठक अघि बढ्यो, अर्थमन्त्रीद्वारा अध्यादेश पेश

२०७८, २५ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं – प्रमुख विपक्षी नेकपा (एमाले)को नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा (संसद)को बैठक अघि बढाउनुभएको छ ।

शुक्रबारको पहिलो बैठक एमाले सांसदहरूको नाराबाजीका कारण स्थगित भएपछि दोस्रो बैठक बस्यो । दोस्रो बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरेपछि सभामुखले संसदको कारबाही अगाडि बढाउनुभयो ।

सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिनुभयो । यद्यपि उहाँले प्रतिपक्षको नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने बताउनुभयो ।

लगत्तै सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिनुभयो । नाराबाजी गरिरहेका एमाले सांसदहरूले अर्थमन्त्रीको बाटो छेक्न खोजेका थिए । उहाँ दौडिएर रोष्टममा पुग्नुभयो र अध्यादेश पेश गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu