Connect with us
Kapilvast Forest

वडाध्यक्षद्वारा काठमाडौं महानगरको कार्यालय तोडफोड

२०७८, २५ भाद्र शुक्रबारमा प्रकाशित

kathmandu-mahanagar

काठमाडौं – बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा वडाध्यक्षले नै तोडफोड गरेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड भएको हो ।

वडा नम्बर ५का वडाध्यक्ष रमेश डंगोलले इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै तोडफोड गर्नु भएको हो । उहाँले तीन जना नै अधिकारीहरुको कार्यकक्षको ढोकामा लत्ताले हान्नु भएको थियो । महानगरका एक अधिकारीका अनुसार आल्मुनियमको ढोका भएकाले सबै ढोकाको कब्जा फुस्किएको छ भने क्षति पनि पुगेको छ ।

 

वडाध्यक्ष डंगोलले आफूले महानगरको कार्यालयमा तोडफोड गरेको स्वीकार गर्नु भयो । ‘दुई वर्षदेखि कामै नगर्ने इन्जिनियर हुँदा पनि सहेर बसेको थिएँ, दुई महिनाअघि मैले नै माग गरेअनुसार एक जना इन्जिनियर पठाएउनु भएको थियो उहाँले भन्नु भयो ,’अहिले एकाएक उहाँलाई अन्यत्रै सरुवा गराएछन्, त्यसबारे बुझ्न जाँदा कोही पनि जिम्मेवार ढंगले प्रस्तुत नभएकाले घटना भएको हो ।’

प्रमुख प्रशासकीय अधिकृत ज्ञावालीलाई सोध्दा आफूलाई थाहा नभएको बताएको र प्रशासन विभागका कर्मचारीले भने माथिको आदेशअनुसार सरुवा गरिएको भनेर पन्छिएकाले आफू आक्रोशित हुन पुगेको उहाँले बताउनु भयो ।

‘राम्रो काम नगर्ने इन्जिनियर नभएर विकास निर्माणको काम राम्रोसँग गर्न पाएको छैन, राम्रो काम गर्ने इन्जिनियर दुई वर्ष नपुग्दै सल्लाहसमेत नगरी सरुवा गर्दा वडाबासीमाथि पनि अन्याय भयो,’ डंगोलले भन्नु भयो ,’त्यही भएर ढोकामा लात हानेर फर्किएँ ।’

मेयर विद्यासुन्दर शाक्यले घटनापछि घटनास्थलको मुचुल्का उठाउन निर्देशन दिनु भएको छ । तोडफोडबाट भएको क्षति वडाध्यक्ष डंगोलबाटै भराउने मेयर शाक्यको तयारी छ ।

‘वडाध्यक्षज्युको व्यक्तिगत स्वभावका कारण नै कर्मचारी सुरुवा माग्दै आउँछन्, महानगरका एक अधिकारीले भन्नु भयो ,’फेरि असहमति राख्ने विधि र प्रक्रिया छन्, वडाध्यक्षज्यु नै कार्यालय तोडफोडमा उत्रिनु सर्वथा निन्दनीय काम हो ।’

वडाध्यक्ष डंगोलले भने महानगरपालिकाले कर्मचारी सरुवामा मनलाग्दी गरेकाले वडाको सेवा प्रवाह लथालिंग हुने अवस्था आएको बताउनु भएको छ ।

त्यसकैविरुद्ध आफूले आवाज उठाएको उनको प्रष्टीकरण छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञावालीले महानगरलाई आफ्नै घर जसरी चलाएको उहाँको आरोप छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu