Connect with us
Kapilvast Forest

सभापतिको दौडबाट पछि हट्दिन : शशांक कोइराला

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

चितवन -नेपाली कांग्रेसका महामन्त्री डा। शशाङ्क कोइरालाले आफू सभापतिमा उम्मेदवारी दिने योजनाबाट पछि नहट्ने बताउनु भएको छ ।शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने दोहोर्‍याउनु भयो । ‘हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछ’ उहाँले भन्नु भयो ।

 

महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताउनु भएको छ ।

उहाँले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको जानकारी दिनु भयो । क्रियाशीलको अन्तिम टुङ्गो छिट्टै लाग्ने उहाँले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu