Connect with us
Kapilvast Forest

माधव नेपाल र प्रचण्डको कमजोर धातुमा कांग्रेस जलप लगायो: नेता बस्नेत

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

mahesh-basnet.jpg

चितवन -नेकपा (एमाले)का नेता महेश बस्नेतले माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को कदमलाई कांग्रेसले साथ दिँदा देशमा राजनीतिक अस्थिरता सिर्जना भएको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी चितवनले शनिबार भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता बस्नेतले नेपाल र प्रचण्डको कमजोर धातुमा कांग्रेसले जलप लगाइदिएका कारणले अस्थिरता सुरु भएको बताउनुभयो ।

‘माधव नेपालको कुण्ठा, निराशा र चरम गुटबन्दीका कारण पार्टी फुटेको हो,’ उहाँले भन्नुभयो, ‘दल विभाजन भएकै कारण संसद चल्न सक्दैन भनिरहेका थियौं हामीले, अहिले आएर पुष्टि भएको छ ।’

माधव नेपालको कुण्ठा र केपी ओलीप्रति प्रचण्डको रिसिइवीले मुलुक राजनीतिक द्वन्द्वमा फस्न लागेको नेता बस्नेतले बताउनुभयो ।प्रतिनिधिसभा बुढो गाइजस्तो भएकाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको नेता बस्नेतले बताउनुभयो । उहाँले प्रतिनिधिसभाबाट पटक–पटक सरकार बनाउने अभ्यास गर्दा सफल हुन नसकेपछि, कानुन बनाउन नसेपछि विघटन गरेको उहाँको भनाइ छ ।संसद बुढो गाईजस्तो भयो, न दुध खान मिल्ने न मासु, त्यसैले विघटन गरियो,’ उहाँले भन्नुभयो, ‘तर, सर्वोच्चले अनौठो फैसला गर्यो ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu