Connect with us
Kapilvast Forest

लुकाएर राखेको अबैध काठ प्रहरी द्वारा बरामद

२०७८, २७ भाद्र आईतवारमा प्रकाशित

तस्विर प्रतिनिधिमुलक

कपिलवस्तु-कपिलवस्तुको विजयनगर गाउंपालिका वडा नं ७ गेडुवजोतमा अवैध काठ बरामद गरिएको छ । इलाका प्रहरी कार्यलय गणेशपुर र शसस्त्र बेश क्याप डालपुरको संयुक्त टोलीले पोखारीमा लुकाएर राखिएको अवस्थामा अवैध काठ बरामद गरेको हो ।

बरामद गरिएको काठ झण्डै ४ लाख बराबरको रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । नेपाल–भारत सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेकाले तस्करहरु भारतीय जंगलबाट सिसम र टिकको काठ ल्याउने गरेका छन ।

विजयनगर गाउंपालिकाका वडा ६ , ७ र कृष्णनगर नगरपालिका वडा १२ भारतीय जंगलसंग जोडिएकाले नदीको किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गोलियाहरु बगैँचा, पराल अथवा गोठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन । जिल्लाको पश्चिम सिमानाको लालपुर, गेडुवाजोत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतको क्षेत्र हुदै काष्ठभित्रिदै आएको स्रोतले जनाएको छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu