Connect with us
Kapilvast Forest

लायन्स क्लब अफ भैरहवाद्वारा अक्षयकोष स्थापना

२०७८, २७ भाद्र आईतवारमा प्रकाशित

पुनहरि बेल्बासे,भैरहवा-सामाजिक पत्रकारिता पुरस्कारको स्थापना गर्ने उद्देश्यले ३२५ बि २ का गभर्नर राम प्रसाद भट्टले भन्नु भयो , “हामी सेवा गर्छौ भन्ने भावले स्थापित लायन्सहरु सामाजिक सेवामै खटिएका छौं । हामी पत्रकार र सञ्चार जगतसँगको सहकार्य अझै मजबुत बनाउने अभियानकै सिलसिलामा यो अक्षयकोष स्थापना गरेका हौं ।”

उहाँले भन्नु भयो , “लायन्स डिस्ट्रीक ३२५ अन्तर्गत रहेका क्लबहरु मध्ये भैरहवा ग्रीनसिटीको योगदान महत्वपूर्ण रहेको छ । क्लब विस्तारमा, कोभिडको महामारिको बेला निःशुल्क खाना वितरण, बाढी पीडितलाई सहयोग एवं अन्य सामाजिक काममा ग्रीनसिटी अग्रभागमा देखिएको छ । आफ्नो स्थापनाको छोटो समयमा क्लबको कार्य उच्च प्रशंसनीय छ ।”

गर्भनर भट्टले लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले पत्रकारिता पुरस्कारकोलागि स्थापना गरेको अक्षयकोषले सामाजिक क्षेत्रमा पत्रकारलाई अझै उर्जावान बनाउने विश्वास समेत व्यक्त गर्नु भयो ।

सो अवसरमा विशिष्ट अतिथी द्वितीय गर्भनर नवराज न्यौपानेले पत्रकारिता क्षेत्रकोलागि लायन्स क्लबहरुले सधै सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।

उहाँले, “मिडियासँग लायन्सको सम्बन्ध अझै प्रगाढ हुनु जरुरी छ । लायन्स र पत्रकार दुबैको काम सामाजिक सेवा हो । दुबै मिलेर सामाजिक कार्य गरेमा समाज रुपान्तरण सहजै हुने गर्दछ ।”

लायन्स क्लब अफ भैरहवा ग्रीन सिटिका अध्यक्ष गोबिन्द प्रसाद गिरिको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि महेन्द्र नारायण श्रेष्ठले ग्रीन सिटिले गरेको कार्यले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएको बताउनु भयो ।

 

लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले लुम्बिनी प्रेस क्लबको सहकार्यमा सामाजिक सेवा लायन्स पत्रकारिता पुरस्कार स्थापना गरेको हो । उक्त कोषको रकमबाट प्राप्त हुने ब्याज वापतको रकम हरेक बर्ष एक जना पत्रकारलाई फेलोसिप वापत प्रदान गरिने भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक सदस्य तथा बरिष्ठ पत्रकार नारयण सापकोटा, अर्का वरिष्ठ पत्रकार चेतन पन्त, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधब ढुंगाना लगायतले बोल्दै लायन्सको सामाजिक कार्यले आम मानिसलाई फाइदा पुगेको बताउनु भयो ।

सोही अवसरमा लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीको भातृत्वमा लियो क्लब अफ भैरहवा ग्रीन सिटि स्थापना भएको छ । नरेन्द्र केसीको अध्यक्षतामा गठित लियो क्लबमा सृष्टि पन्थी प्रथम उपाध्यक्ष, रमेशजंग बस्नेत द्वितीय उपाध्यक्ष र सुभाष पौडेल तृतिय उपाध्यक्ष रहनु भएको छ ।

यसैगरी सचिवमा अस्मीता के.सी, कोषाध्यक्षमा एलिना आचर्य, सहसचिवमा अंकित गुप्ता र सहकोषाध्यक्षमा प्रमिश थापा रहनु भएको छ ् । यसैगरी सदस्यहरुमा असीम जि.सी, कुसुम सापकोटा, निर्मलराज शाही, दीलिप रायमाझी, सीमना न्यौपाने, सरोज के.सी, केशब जि.सी लगायत रहेको ग्रीन सिटिकालियो संयोजक रोशन शर्माले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu