Connect with us
Kapilvast Forest

एमसीसी विरुद्ध कपिलवस्तुमा कालो बेलुन उडाएर प्रदर्शन

२०७८, २७ भाद्र आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको बाणगंगाको चारनम्बर चोकमा ७ राजनितिक दल र  भातृ संगठनहरुले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शनकारीहरुले कालो ब्यानर र बेलुन उडाउदै एमसीसीको विरोध गरेका हुन ।

नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (माले), नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका थिए भने सोही अनुसार आज विरोध प्रर्दशन गरेका हुन् । विरोध कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले यस्ता सम्झौतालाई आम नेपाली नागरिकले कहिले पनि स्वीकार नगर्ने जिकीर गरेका थिए ।

उनीहरुले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता संसदबाट पास गराउने चलखेल भएको र विदेशी हस्तक्षेप बढ्दै गएको प्रति आपत्ति जनाएका थिए ।एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै एमसीसीविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड हातमा प्रर्दशन गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu