Connect with us
Kapilvast Forest

लिड्स युनाइटेडविरुद्ध लिभरपुलको सानदार जित

२०७८, २८ भाद्र सोमबारमा प्रकाशित

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले लिड्स युनाइटेडलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा सिमित लिड्सलाई उसकै मैदानमा ३-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन मोहमद शलाह, फाबिन्हो र साडियो मानेले एक एक गोल गरे । लिड्सको मैदानमा खेलको २० औं मिनेटमा शलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । यससँगै शलाहले प्रिमियर लिगमा १०० गोल पूरा गरेका छन् । यस्तै खेलको ५० औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए ।

यता खेलको ६० औं मिनेटमा पास्कल स्ट्रूजीकले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिड्स १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा मानेले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए । जितसँगै लिभरपुलले ४ खेलमा १० अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । यता लिड्स २ अंकसहित १७ औं स्थानमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu