Connect with us
Kapilvast Forest

प्रतिनिधि सभाको बैठक बस्दै

२०७८, २९ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् ।संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । एमालेले अवरोध गरे पनि विधेयक पास गर्ने सत्तारुढ दलको तयारी छ । एमालेको अवरोधकैबीच सरकारले प्रतिस्थापन विधेयकमार्फत गएको शुक्रवार नयाँ बजेट ल्याएको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रतिनिधि सभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको छ । संसदको अवरोध हटाउन हिजो सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफ्नो पार्टीले उठाएको माग सम्बोधन नहुँदासम्म सर्वदलीय बैठकमा सहभागी नहुने अडान राख्नुभएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले असन्तुष्ट छ।

यस्तै आजको बैठकमा २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शमशेर जबराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu