Connect with us
Kapilvast Forest

नेपालको अमेरिकामाथि पाँच विकेटको जित

२०७८, २९ भाद्र मंगलवारमा प्रकाशित

 

काठमाडौं-नेपालले अमेरिकालाई पाँच विकेटले हराएको छ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तगर्त आज सम्पन्न पहिलो एकदिबसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो । नेपालको अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा अमेरिकामाथि यो लगातार तेस्रो जित हो । यसअघि नेपालले घरेलु मैदानमा खेलिएको पछिल्लो दुई खेलमा समेत अमेरिकालाई हराएको थियो ।

अमेरिकाले प्रस्तुत गरेको २३१ रनको लक्ष्य नेपालले खेल सकिन एक ओभर बाँकी छदा मात्र पाँच विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा रोहित पौडेलले अविजित ६२ रनको पारी खेल्नुभयो ।

जितका लागि मात्र तीन रन आवश्यक छदा बिनोद भण्डारीले ‘रिभर्स स्वीप’ खेल्ने क्रममा ३७ रनको ब्यक्तिगत् योगफलमा अमेरिकी विकेटकीपरको हातमा क्याच थमाउनुभयो । १४५ रनमा चार विकेट गुमाउँदा दबाबमा आएको नेपाली पारीलाई रोहित पौडेल र बिनोद भण्डारीको जोडीले जित नजिक डोरयायो । दुबैजनाले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गर्नुभयो ।

बिनोदले ४८ बलमा दुई चौका र एक छक्काको सहयोगमा ३७ रनको योगदान दिदा रोहितले अविजित ६२ रनको योगदान दिनुभयो । उहाँले ८७ बलको सामना गर्दै दुई चौका र तीन छक्का लगाउनुभयो । रोहितले ४७ औं ओभरको दोस्रो बलमा छक्का लगाउँदै आफ्नो अद्र्धशतक पुरा गर्नुभयो । रोहितले अन्तर्राष्ट्रिय एकदिबसीयमा लगातार आफ्नो दोस्रो अद्र्धशतक पुरा गर्नुभयो । यसअघि उहाँले पपुवान्यूगिनी विरुद्धको दोस्रो एकदिबसीय खेलमा समेत अद्र्धशतक पुरा गर्दै ८६ रनको पारी खेल्नुभएको थियो ।

ओपनर कुशल भुर्तेल र आशिफ शेषले ६६ रनको साझेदारी गर्दा नेपालले औसत लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुवात गर्न पुग्यो । आशिफ शेषले २३ रन बनाएर पेभेलियन फर्किनुभयो । अर्का ओपनर कुशल भुर्तेलले भने ९३ बलको सामना गर्दै तीन चौका र तीन छक्काको सहयोगमा ८४ रनको उत्कृष्ट पारी खेल्नुभयो । उहाँले अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा आफ्नो पहिलो अद्र्धशतक लगाउनुभयो ।

कप्तान ज्ञानेन्द्र मल्ल १७ र कुशल मल्ल एक रन बनाएर पेभेलियन फर्किदा नेपाली पारी दबाब आएको थियो । कप्तान मल्ल पेभेलियन फर्केपछि चौथो नम्बरमा रोहित पौडेल ब्याटिङ गर्न आउनुभयो । तर कुशल भुर्तेलले रोहित र रोहितले बिनोद भण्डारीसँग उत्कृष्ट साझेदारी गर्दा नेपालको जित सुनिश्चित भयो ।

कुशल भुर्तेलले रोहित पौडेलसँग तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गर्नुभयो । भुर्तेल पेभेलियन फर्किदा ब्याटिङ गर्न आउनुभएका कुशल मल्ल एक रन जोड्दै आउट भएपछि बिनोद भण्डारी ब्याटिङ गर्न आउनुभयो


त्यसअघि, ओमानको अल एमिरात क्रिकेट रङशालामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अमेरिकाले पुरै ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३० रनको योगफल तयार गरेको थियो । अमेरिकाका लागि मनाङ्क पटेलले शतकीय पारी खेलेपछि अमेरिकाले सम्मानजनक योगफल तयार गर्न सफल भयो । उहाँले मात्र ११४ बलको सामना गर्दै नौ चौका र एक छक्काको सहयोगमा एक सय रनको योगदान दिनुभयो ।

नेपालको प्रमुख बलर सोमपाल कामी विकेटविहीन रहनुभयो । उहाँले नौ ओभरमा ४४ रन खर्चिनुभयो । बिक्रम सोबले छ ओभरमा ३३ रन खर्चेर दुई तथा सन्दीप लामिछानेले दश ओभरमा ३५ रन खर्चेर दुई र सुशन भारीले दश ओभरमा ३१ रन खर्चेर दुई विकेट लिनुभयो । कुशल मल्लले एक विकेट लिनुभयो ।
नेपालले दोस्रो खेलमा ओमानको सामना गर्नेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu