Connect with us
Kapilvast Forest

सधै मतपत्र च्यातेर जित्ने चान्स आँउदैन ,चुनाव जित्न मन जित्नु पर्छ: एमाले नेता ज्ञवाली

२०७८, २९ भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तु -नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले फेरी पनि शानदार तरिकाले सरकारमा जाने बताउनुभएको छ । नेता ज्ञवालीले एमालेमा तल्कालका लागी केही चुनौतिहरु देखिए पनि चुनाव पछि फेरी देशको पहिलो दल भएर सरकारमा जाने बताउनुभयो ।

नेता ज्ञवालीले जनादेशबाट एमाले सरकारबाट बाहिरिनु नपरेकाले कसैले पनि चिन्ता नलिई उच्च आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेता ज्ञवालीले सर्वोच्चको आदेशबाट परमादेश सरकार बन्दा केही तत्काल राजनितिक संकटहरु आईपरेको बताउनुभयो । आम नागरीकहरुको भरोसाकै रुप रहेको एमालेप्रतिको विश्वास बढ्दै गएको बताउनुभयो ।

चितवनमा प्रचण्डले आफ्नो छोरीलाई मतपत्र च्यातेर जिताएको भन्दै नेता ज्ञवालीले अब त्यसो नहुने र चुनाव जित्न जनताको मत चाहिने भन्दै आरोप लगाउनु भयो ।उहाँले भन्नु भयो चुनाव जित्न मत चाहिन्छ मत पाउन नागर्किको मन जित्नु पर्छ ।

यस्तै उहाँले एमसीसी प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्व सरकारको पालामा सहमति भएको र सरकारले गरेको काम भएकाले मात्र आफूहरुले अगाडि बढाएको उहाँले दाबी गर्नु भयो । एमसीसी पास गर्ने सरकारको दायित्व रहेको भन्दै सम्झौता राम्रो लाग्छ भने बहुमतले पारित गरेर देखाउन आग्रह समेत गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu