Connect with us
Kapilvast Forest

वाल दिवसको अवसरमा कृष्णनगरमा बालबालिकाहरूसंग अन्तरक्रिया

२०७८, ३० भाद्र बुधबारमा प्रकाशित

 कपिलवस्तु-राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा कृष्णनगर नगरपालिकामा बालबालिकाहरूसंग अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको छ ।सामान्य अवस्था वा कोभिड महामारीस् बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी “ भन्ने राष्ट्रिय नाराका साथमा कृष्णनगर नगरपालिकाको आयोजना बाल बालिकाहरूसंग अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहनु भएका कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बाल अधिकार संरक्षण हामी सबैको दायित्व रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली ले बाल बालिका हरूको सर्वांगीण विकासमा आमाको भूमिका महत्वपूर्ण रहेको बताउदै अनुसासन नै बाल बालिका तथा विद्यार्थी हरूको गहना रहेको भन्ने भाव व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की ले उपस्थित सबैमा धन्यवाद दिदै बाल बालिका हरुको विकासका लागि नगरपालिका ले बजेट छुट्याएको बताउदै बाल बालिका हरूको उज्जवल भविष्यको कामना समेत गर्नुभयो ।

कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की को अध्यक्षतामा सम्पन्न कार्यक्रममा , कृष्णनगर नगरपालिका का विभिन्न वडा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक निशु पन्थी, आफन्त नेपाल कपिलवस्तु संयोजक केशर विश्वकर्मा,विद्यार्थी, शिक्षक, समाजसेवी, शिक्षा प्रेमी, वुद्धजीवी, पत्रकार, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu