Connect with us
Kapilvast Forest

चन्द्रौटामा खुल्ला भलिबल प्रतियोगिता सुरु

२०७८, १ आश्विन शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल,कपिलवस्तु –राइजिङ्ग स्टार युवा क्लबको आयोजनामा सर्वाधिक पुरस्कार रासिको भलिबल प्रतियोगिता आज एक भव्य समारोहका बिच समुद्घाटन भएको छ । लुम्बिनि प्रदेश शभा सदस्य अर्जुन कुमार केसि र शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले आज प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । समुद्घाटन कार्यक्रममा बोल्दै प्रदेश शभा सदस्य अर्जुन कुमार केसिले खेलले मानिसलाई स्वस्थ र निरोगी रहन मदत गर्ने बताउदै आजको समयमा धेरै मानिहरु विभिन्न रोगबाट ग्रसित भएको हुदा खेलले शरिरलाई व्यायाम पुग्ने र सरीर स्वस्थ हुने बताउनु भयो ।

एउटा स्वस्थ व्यक्तिले राष्ट् निमार्णमा योगदान पुयाउने बताउनु भयो । स्वस्थ हुनलाई खेलकुद नै खेल्नुपर्ने बताउदै प्रदेश शभा सदस्य केसिले खेलले मानिसलाई कुलत र दुरव्यसनिमा लाग्नबाट बचाउने पनि बताउनुभयो । खेल क्षेत्रको विकासका लागि आपनो क्षेत्रबाट पहल गर्ने बनि उँहाले बताउनु भयो ।

राइजिङ्ग स्टार युवा क्लबले धेरै समय अघि देखि नै खेल क्षेत्रको विकास र खेलाडि उत्पादनमा योगदान गरेको बताउदै शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले विभिन्न जिल्लाका खेलाडिशरु प्रतिस्प्रधामा आउने हुदा हामिले आपनो प्रतिभा देखाउने र नयाँ कुरा सिक्ने मौका मिल्ने बताउनुभयो ।। यस्तो प्रतियोगिताले यहााका स साना भाई बहिनिलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै शिवराज नगरपालिकाले गत सालमा केहि खेलहरु राखेको र आगामि समयमा पनि यस्तो खालको प्रतियोगिताको नगरपालिकाले आयोजना गर्ने बताउनु भयो । देशलाई चाहिने सक्षम नगरिक उत्पादनमा पनि खेलको भुमिका रहने नगर प्रमुख अधिकारीले बताउनु भयो ।

कार्गक्रममा उद्योग बाणिज्य सघंका केन्द्रिय सदस्य जमशेर अलिमिया, नेकपा एमालेका नेता बलराम मरासिनि, नेकपा माओवादि शिवराज नगर कमिटि अध्यक्ष दिनेश पुन, नेकपा समाजवादिका युवा नेता सरोज पौडेल लगायतले खेलको भव्य सफलताको सुभकामना दिनुभएको थियो । शिवराज वडा नं ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, वडा न ५ का वडा अध्यक्ष अर्जुन पाण्डे ,शिवराज शिक्ष शाखा प्रमुख लोकराज पन्थि, शिवराज खेलकुद संयोजक नेत्र बेलवासे, समाजवादि पाटिमा नगर अध्यक्ष कृष्ण कुमार चौधरी, लगायतको उपस्तिथि रहेको थियो ।

प्रतियोगितामा पुरुष भलिबल तर्फ खुल्ला सहभागीतामूलक प्रतियोगितामा भाग लिन रुकुम, रोल्पा, तनहुँ , स्याङ्जा पर्वत लगायत जिल्लाबाट १२ टिमले टिम दर्ता गरीसकेको र खुल्लम महिला प्रतियोगिमा ९ टिमले टिम दर्ता गरिसकेका छन । प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार नगद रु १ लाख १ हजार, द्वीतीय पुरस्कार ७१ हजार, तृतीय पुरस्कार ४१ हजार , सान्त्वना पुरस्कार नगद २१ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने महिला तर्फ हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १० हजार , द्वीतीय हुने टिमले नगद रु ५ हजार प्राप्त गर्ने खेल संयोजक भरत पुन (शैलेन्द्र ) ले जानकारी दिनुभयो । आजबाट सुरु भएको प्रतियोगिता असोज ६ गते सम्म सन्चालन हुने प्रचार प्रसार सम्योजक गम्भीर पुन ९शिरीष०ले जानकारी दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu