Connect with us
Kapilvast Forest

शिवराज ९ बानियाभारमा फुटबल प्रतियोगिता हुने

२०७८, २ आश्विन शनिबारमा प्रकाशित

चन्द्रौटा -कपिलवस्तु गोल्डेन स्टार युवा क्लबले बानियाभारले बिजया दशमीको अवसरमा शिवगढी कप नक आउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।पुर्व पश्चिम राजमार्ग देखि २ किलो मिटर भित्र शिवराज नगरपालिका वडा नं ९ अन्तर्गत पर्ने बानियाभारले बिगत ११ बर्ष अगाडी देखि बिजया दशमीमा यस आयोजनालाई निरन्तरता दिदै आएको हो । कोभिडका कारण २ बर्ष स्थगित भएको यो आयोजना कोविड १९ कम भए संगै यस बर्ष आयोजनालाई निरन्तरता दिने आयोजकले निर्णय गरेको छ ।

खेलकुदको आयोजनाबाट ऐतिहासिक तथा धार्मिक क्षेत्र शिवगढीलाई पर्यटकिय क्षेत्रको रुपमा बिकाश गराउन खेल आयोजना गरिएको क्लवका अध्यक्ष ईश्वर गिरी बताउनुभयो ।

खेल क्षेत्रमा सरोकारबालाहरुको बिशेष गरी आधिकारीक निकाय एन्फा समेतको चासो र जिम्मेबारी बड्न गई स्थानीय क्षेत्रको खेलकुदमा संस्थागत खेलाडीहरुमा पेशागत तथा व्यक्तिगत बिकाश गराउने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको क्लबले जानकारी दिएको छ ।

प्रतियोगिताको बिजेताले नगद रु ५१,हजार कप मेडल र प्रमाणपत्र उपबिजेताले नगद रु २५,हजार मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । सेमिफाईनल प्रवेश दुवै टिमलाई नगद ५ हजार ५ हजार पाउने आयोजकले जानकारी दिएको छ ।

महिलातर्फ बिजेताले १५ हजार नगद कप मेडल र प्रमाण पत्र दोस्रोले नगद ६हजार कप मेडल र प्रमाण पत्र पाउने छ खेलमा सहभागीताको लागी असोज १० गते बेलुकी छ बजे सम्म दर्ता गर्न सकिने आयोजकले संस्थाका सल्लाहकार बिक्रम के सि ले जानकारी दिनु .भयो । खेल तोकिएको समयमा गरिने भएकोले खेलाडीले समयको विशेष ध्यान दिन आयोजकले आग्रह गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu