Connect with us
Kapilvast Forest

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल-ओमान भिडन्त

२०७८, ३ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज ओमानसँग खेल्दैछ।ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल दिउँसो ४ बजेर १५ मिनेटमा सुरु हुने छ। नेपाल यस अघि भएको खेलमा ओमानसँग चार विकेटले पराजित भएको छ। नेपालले आजको खेल जित्दै प्रशिक्षकको सु:खद बिदाइ गर्न चाहन्छ। नेपाली प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिइसकेका छन्। उनी ओमानबाट फर्किएलगत्तै जिम्मेवारीविहीन हुँदै छन्।

यस अघि शुक्रबार भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको छ। अमेरिकाले नेपालविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिएको छ।

गत सोमबार भएको पहिलो भेटमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो। लिग-२ अन्तर्गतको जारी सिरिजमा अमेरिकाको यो पहिलो जित हो। नेपालको भने यो लगातार दोस्रो हार हो। बिहीबार भएको खेलमा नेपालले ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो।

लिग-२ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ। अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

सात टोली रहेको लिग(२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन्। लिग(२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu