Connect with us
Kapilvast Forest

हङकङविरुद्ध खेल्दै नेपाली महिला फुटबल टोली

२०७८, ५ आश्विन मंगलवारमा प्रकाशित

 

काठमाडौं- एएफसी महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ।उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रने छन्। एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको छ।

समूह एफ मा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्सविरुद्ध खेलेको थियो। त्यो खेलमा नेपाल २-१ ले पराजित भएको थियो। अन्तिम केहि मिनेट सम्हालिन नसक्दा नेपाल सुरुवाती अग्रता बनाएर पनि पराजित भएको थियो।

फिलिपिन्सविरुद्धको हारसँगै नेपाल दबाबमा रहेको छ। छनोटको आशा कायम राख्न नेपाललाई जित्नै पर्ने हुन्छ। नेपाललाई जितले मात्र पुग्दैन। फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नु पर्नेछ।

यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

बलियो टिम हङकङविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन। हङकङविरुद्धको हेड टु हेडमा समेत नेपाल कमजोर रहेको छ। नेपालले यस अघि हङकङविरुद्ध दुई खेल खेलेको थियो। दुबै खेलमा नेपालले हार व्यहोरेको थियो।

सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १-० ले पराजित भएको थियो। यस्तै १९८९ मा भएको दोस्रो भेटमा नेपाल हङकङसँग ३-० ले पराजित भएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu