Connect with us
Kapilvast Forest

इंग्ल्याण्डको पुरुष र महिला टीमद्वारा पाकिस्तान भ्रमण रद्द

२०७८, ५ आश्विन मंगलवारमा प्रकाशित

एजेन्सी – इंग्ल्याण्डको पुरुष र महिला क्रिकेट टीमको पाकिस्तान भ्रमण रद्द गरेका छन् ।इंग्ल्याण्ड क्रिकेट बोर्डले यसबारेमा जानकारी दिएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले यसको आधिकारिक जानकारी दिएको छ ।

पीसीबीले जारी गरेको विज्ञप्तिमा सुरक्षासँग जोडिएको चिन्तालाई मध्यनजर राख्दै इंग्ल्याण्डले अक्टोबरमा गर्ने भनिएको पाकिस्तान भ्रमण रद्द गरिएको उल्लेख गरिएको छ ।

इंग्ल्याण्ड क्रिकेट बोर्डले आफूहरू खेलाडीको शारीरिक र मानिसक स्वास्थ्य आफ्नो प्राथमिकता भएको बताउँदै अहिलेको भ्रमण स्थगित गरेको हो । बोर्डले कोभिड–१९ का कारण पनि पाकिस्तान असुरक्षित रहेको निष्कर्ष निकालेको छ ।

इंग्ल्याण्डको बोर्डले जारी गरेको विज्ञिप्तमा भनेको छ, ‘हाम्रो निर्णयले पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको फर्काउन निरन्तर कोसिस गरिरहेको पीसीबीलाई एकदमै निराश भएको हामी महसुस गर्न सक्छौं ।’

बोर्डले पाकिस्तान क्रिकेटलाई पर्ने असरलाई दिएर खेद प्रकट गरेको छ ।यसअघि खेलका लागि पाकिस्तानकाे मैदानमा पुगिसकेको न्यूजिल्याण्डले पनि एकदिवसीय र टी–ट्वान्टी सिरिज स्थगित गरेको थियो । उसले पनि सुरक्षाको कारण देखाउँदै खेल सुरु हुनुभन्दा केही मिनेट अघि मात्र सिरिज स्थगित गर्दै आफ्ना खेलाडी फिर्ता बोलाएको थियो ।

अन्तर्राष्ट्रिय टीमहरुले लगातार सुरक्षाको कारण देखाउँदै सिरिज स्थगित गर्न थालेपनि पाकिस्तान सरकारले सुरक्षा व्यवस्था कडा रहेको तथा खेलाडी, प्रशिक्षक र अफिसियल्सको सुरक्षामा आफूहरू प्रतिबद्ध रहेको जनाएको छ । उसले सुरक्षामा कुनै कमी हुन नदिनेसमेत बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu