Connect with us
Kapilvast Forest

आईपीएल टी-ट्वान्टी क्रिकेट : राजस्थानले पञ्जाबलाई हरायो

२०७८, ६ आश्विन बुधबारमा प्रकाशित

rajastan-wine-1.jpg

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयलले पन्जाब किङ्सलाई हराएको छ ।दुबईमा मंगलबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई २ रनको साघुरो अन्तरले हराएको हो ।

राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो।अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक भएकोमा बलर कार्तिक त्यागीले १ रन खर्चिएर २ विकेट लिएपछि पन्जाबको हार टरेन ।

पन्जाबका लागि मायांक अग्रवालले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । केएल राहुलले ४९ रन बनाए । यस्तै निकोलस पुरणले ३२ रन जोड्दा एडिन मार्क्रमले अविजित २६ रन बनाए ।राजस्थानका कार्तिकले २ तथा चेतन साकरिया र राहुल टेवाटियाले एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो । राजस्थानका याशभी जैसवालले ४९ जोड्दा महिपाल लोम्रोरले ४३ रन बनाए । यस्तै इभिन लेविसले ३६ रन जोड्दा लियाम लिभिङस्टोनले २५ रन जोडे ।

पन्जाबका अर्शदिप सिंह एक्लैले ५ विकेट लिए । मोहमद शामीले ३ विकेट लिए ।जितसँगै राजस्थान ८ खेलमा ८ अंकसहित पाँचौं स्थानमा छ । सातौं पन्जाब ९ खेलमा ६ अंकसहित सातौँ स्थानमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu