Connect with us
Kapilvast Forest

स्वारेजको दुई गोलमा एट्लेटिको विजयी

२०७८, ६ आश्विन बुधबारमा प्रकाशित

एजेन्सी-उरुग्वेका स्ट्राइकर लुइस स्वारेज चम्किएपछि साविक विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ। मंगलबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई उसैकै मैदानमा २-१ ले पराजित गरेको हो।

१० खेलाडीमा समेटिएको गेटाफे सुरुवाती अग्रता लिएर पनि पराजित भयो। एट्लेटिकोको जितमा दुवै गोल लुइस स्वारेजले गरे। गेटाफेका स्टेफन मित्रोभिकले सुरुवाती गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलमा गेटाफेले ४५औं मिनेटमा अग्रता लिएको थियो। स्टेफनले हेड गोल गर्दै घरेलु टोलीको उत्साह जगाए। तर ७४औं मिनेटमा गेटाफे १० खेलाडीमा समेटियो।

कार्लेस एलेना दोहोरो पहेँलो (रातो) कार्ड खाँदै मैदानबाट बाहिरिंदा एट्लेटिकोले त्यसको फाइदा उठाउन सक्यो। ६८ प्रतिशत बल पोसेसन राखेको एट्लेटिकोले ६८औं मिनेटमा बराबरी गोल फर्काएको थियो। स्वारेजले मारियो हर्मोसोको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो।

त्यसपछि इन्जुरी समयमा स्वारेजले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। स्वारेजले सिम भर्सलज्कोको पासमा आकर्षक हेड गोल गरेका थिए। यससँगै स्वारेजले जारी सिजन तीन गोल गरेका छन्। स्वारेज ‘म्यान अफ दी म्याच’ भए।

जितसँगै एट्लेटिकोले लिगमा अपराजित यात्रा पनि कायम राखेको छ। शीर्ष स्थानमा उक्लिएको एट्लेटिकोले ६ खेलबाट १४ अंक बनाएको छ। अंकविहीन गेटाफे १९औं स्थानमा छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले पाँच खेलबाट १३ अंक बनाएको छ। तेस्रो र चौथो स्थानमा रहेको भ्यालेन्सिया र रायो भालेकानोको समान १० अंक छ।

मंगलबार राति नै भएको अर्को खेलमा रायो भालेकानोले एथलेटिक बिल्बाओलाई उसैको मैदानमा २–१ गोलले हराउँदै चौथो स्थानमा उक्लियो। अर्को खेलमा सेल्टा भिगोले लिभान्तेलाई २-० गोलले पराजित गर्‍यो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu