Connect with us
Kapilvast Forest

सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगियो

२०७८, ७ आश्विन बिहीबारमा प्रकाशित

 

काठमाडौँ — सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सबै विषयमा छलफल भए पनि टुंगोमा नपुगेको बताउनु भयो । ‘छलफल उही हो, कसरी सरकार र गठबन्धनलाई स्मुथ्ली अघि बढाउन सकिन्छ भन्नेमै केन्द्रित भयो,’ उहाँले भन्नु भयो , ‘तर ठोस सहमति केही पनि भएन ।’

महामन्त्री खड्काका अनुसार संसद् सञ्चालन र सरकारले पेस गर्न लागेको विधेयकका विषयमा भने आंशिक रुपमा सहमति जुटेको छ । मन्त्रिपरिषद् विस्तारमा गठबन्धन सम्बद्ध दलहरुका बीचमा शक्ति बाँडफाँड गर्ने र छिटो मन्त्रिपरिषद् विस्तार गर्ने सन्दर्भमा समेत छलफल सकारात्मक रुपमा अघि बढेको उहाँले बताउनु भयो । ‘म टाइम फ्रेमचाहिँ भन्न सक्दिनँ । तर, छलफल भएको छ । हुँदैछ,’ खड्काले भन्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu