Connect with us
Kapilvast Forest

५९ वटा खसी समातिए

२०७८, ८ आश्विन शुक्रबारमा प्रकाशित

वीरगन्ज-दशैं नजिक आएसगैं खसी बोकाको ब्यापार पनि बढने भएको छ।यसैक्रममा अवैधरूपमा भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याईदै गरिएको खसी फेला परेको छ। प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बीरगञ्जको गण्डकचोकमा बोलेरो पिकअपमा लोड गरी काठमाण्डौँ तर्फ लाईदैं गरिएको ५९ वटा खसी फेला पारिएको थियो।

यस सम्बन्धी कागजातहरू जाँच गर्दा चौपायाको भेटेरिनरी प्रमाणपत्र बारा जिल्लाबाट लिएको देखिएको, फर्मको नाउँमा बिलबिजक हुनुपर्नेमा व्यक्तिको नाउँमा बिल रहेको र खरीद बिल मिति अशोज ४ गते रहेको हुँदा शंकास्पद देखिएकोले बोलेरो चालक सिन्धुली फिक्कलका वर्ष २२ का पूर्ण बहादुर सुनुवारलाई खसी र बोलेरोसहित नियन्त्रणमा लिइएको छ।

उनलाई आवश्यक कारवाहीको लागि बीरगञ्ज भन्सार कार्यालय तथा राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाउँदा दुवै कार्यालयले बुझ्न नमानी फिर्ता गरिदिएकोले सो खसी, चालक र सवारीसाधन सम्बन्धित धनीलाई जिम्मा लगाईएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu