Connect with us
Kapilvast Forest

सांसद के .सीद्वारा विकाश योजनाको माग

२०७८, ८ आश्विन शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल कपिलवस्तु –लुम्बिनी प्रदेश सांसद अर्जुन कुमार के सी ले प्रदेश सरकार सगँ विकाश योजनाको माग गर्नु भएको छ । उहाँले आफ्नो निर्वाचन निर्वाचन क्षेत्र नं ३(१) का लागि माग गरिएका सशर्त तर्फका योजनाहरु जनतासामु सार्वजनिकरण गर्नु भएको छ । सांसद केसिले आफनो निर्वाचन अन्तर्गत पर्ने तिन वटा नगर शिवराज , महाराजगंज र कृष्ण नगरका विभिन्न क्षेत्रका मागहरु सार्वजनिक गर्नु भएको हो ।

उहाँले आफ्नो क्षेत्रमा पर्ने शिवराज नगरपमलिकामा १६ वटा योजना ,महाराजगंजमा ५ र कृष्ण नगरमा ५ वठा गरी २६ वटा माग सार्वजनिक गर्नु भएको छ ।
शिवराज नगर भित्र मठमन्दिर धर्मशाला निर्माण, विभिन्न पुर्वाधार निर्माण,वाटोस्तरोन्नती ,अधुरो कम्पाउण्ड निर्माण लगायतको माग गर्नु भएको छ ।

शिवराज नगरपालिका वडा नम्बर एकमा रहेको काफल फुटुवा खेलमैदान स्तरोन्नती,वडा २मा गौरीया मन्दिरमा भर्मशाला निर्माण ,वडा ३मा रहेको खरेन्द्रपुर सामुदायिक भवन निर्माण ,मदवा पुर्ववाट आश्रम जानेवाटो स्तरोन्नती, वडा ५ मा पुर्व दुर्गा मन्दिर पुर्वधार निर्माण लगायत शिवराजका ११ वटै वडामा विभिन्न माग गर्नु भएको छ ।

त्यस्तै महाराजगंज नगरपालिकाका वडा नम्बर ५,६७र वडा ९मा विभिन्न सडक स्तरोन्नती,पुर्वधार निर्माण लगायतका माग र कृष्ण नगरमा वडा नम्बर ६,७ र वडा ८ मा विभिन्न योजनाहरु को माग सार्वजनिक गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu