Connect with us
Kapilvast Forest

ला लिगाः बार्सिलोनाको सहज जित

२०७८, ११ आश्विन सोमबारमा प्रकाशित

एजेन्सी – स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन मेम्फिस डीपाए, लुक डी जोङ र अन्सु फातीले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा डीपाएले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको १४ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

यस्तै खेलको इन्जुरी समयमा फातीले गोल गर्दै बार्सिलोनालाई ३-० गोलको जित दिलाए । जितसँगै बार्सिलोना ६ खेलमा १२ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । यता लेभान्टे ४ अंकसहित सातौं स्थानमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu