Connect with us
Kapilvast Forest

आइपिएलः बेंगलोरले मुम्बईलाई हरायो

२०७८, ११ आश्विन सोमबारमा प्रकाशित

ipl

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । अलराउन्डर ग्लेन म्याक्सवेलको सानदार प्रदर्शन र तीव्र गतिका बलर हर्षल पटेलको ह्याट्रिक प्रेरित बेंगलोरले मुम्बईलाई ५४ रनले पराजित गरेको हो । जितको लागि १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बई १८.१ ओभरमा १ सय ११ रनमा अल आउट हुन पुग्यो ।

मुम्बईका ओपनर रोहित शर्माले २८ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ४३ रन जोडे । क्विन्टन डि कक २३ बलमा ४ चौका सहित २४ रनमा आउट भए । मुम्बईका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बेंंगलोरका हर्षल पटेलले ३.१ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । यस्तै ग्लेन म्याक्सवेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए भने युजभेन्द्र चहलले ४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजले पनि एक विकेट लिन सफल रहे ।

सअघि दुबईमा टस हारेर ब्याटिङमा उत्रिएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । विराट कोहलीले ४२ बलमा ३ चौका र ३ छक्का सहित ५१ रनको अर्धशतकीय पारी खेले । ग्लेन म्याक्सवेलले ३७ बलमा ६ चौका र ३ छक्का सहित ५६ रनको योगदानी दिँदै अर्धशतकीय पारी खेले । यस्तै सिकर भरतले २४ बलमा २ चौका र २ छक्का सहित ३२ रन जोडे । मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्ट, एडम मिल्ने र राहुल चाहरले एक एक विकेट लिए । आजको खेलः सनराइजर्स हैदराबाद भर्सेस राजस्थान रोयल्स, ७ः४५ बजे

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu