Connect with us
Kapilvast Forest

आईपीएलमा सनराइजर्सले राजस्थानलाई हरायो

२०७८, १२ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ ।दुबईमा सोमबार राति भएको खेलमा हैदराबादले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै दोस्रो जित दर्ता गरेको हो।

राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।हैदराबादको जितमा डेब्यु खेलाडी जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान केन विलियम्सनले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक एक विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमको हार टरेन ।

जितसँगै हैदराबादको १० खेलमा ४ अंक भएको छ । अझै पनि हैदराबाद पुछारमा नै छ । राजस्थान १० खेलमा ८ अंक जोडेर छैटौँ स्थानमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu