Connect with us
Kapilvast Forest

आकासमा दुई घण्टा फन्को मारेको बुद्धको जहाज आज बिहानैबाट सन्चालन

२०७८, १२ आश्विन मंगलवारमा प्रकाशित

 

काठमाडौं – प्राविधिक समस्या देखिएको भनेर सोमबार करिब दुई घण्टा आकासमा फन्को मारेको बुद्ध एअरको जहाज मंगलबार बिहानैबाट सन्चालनमा आएको छ ।कम्पनीका एक अधिकारीका अनुसार सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए । चेकजाँचका क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले उडान अनुमति दिएको उहाँले बताउनु भयो ।

सोमबार बिहान ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो । आकाशमा करिब दुई घण्टा फन्को मारेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण गरेको थियो ।

‘सोमबार अवतरणलगत्तै प्राविधिकले जहाजको मिहिन रुपमा चेकजाँच गर्नुभयो,’ एक अधिकारीले भन्नु भयो , ‘गडबडी नभएको पुष्टि भएसँगै जहाजले उडानको अनुमति पाएको हो ।’ उहाँका अनसार सो जहाजले मंगलबार तीन उडान गरिसकेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu