Connect with us
Kapilvast Forest

आईपीएलमा बेङ्ग्लोरले राजस्थानलाई ७ विकेटले हरायो

२०७८, १४ आश्विन बिहीबारमा प्रकाशित

benglore.jpg

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर विजयी भएको छ । दुबईमा गएराति भएको खेलमा बेङ्ग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ५० रनको लक्ष्य बेङ्ग्लोरले १७ बल बाँकी छँदै भेट्टायो ।

बेङ्ग्लोरका लागि ग्लेन म्याक्स्वेलले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेले । श्रीकर भारतले ४४ रन जोड्दा कप्तान विराट कोहलीले २५ रन बनाए । देवदत्त पड्डीकलले २२ रन बनाए। राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । राजस्थानका लागि इभिन लेविसले ५८ रनको अर्धशतकीय पारी खेले । याशस्भी जैसवालले ३१ रन जोड्दा कप्तान सञ्जु सामसनले १९ रन बनाए ।

बेङ्ग्लोरका हर्सल पटेलले ३ तथा युजभेन्द्र चाहल र शाहबाज अहमेदले २र२ विकेट लिए । जितसँगै बेङ्ग्लोरले ११ खेलमा १४ अङ्क जोडेको छ । बेङ्ग्लोर तेस्रो स्थानमा रहेको छ । राजस्थान ८ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu