Connect with us
Kapilvast Forest

काठमाण्डौलाई हराउँदै चितवन ईपीएलको शीर्ष स्थानमा

२०७८, १४ आश्विन बिहीबारमा प्रकाशित

 

काठमाण्डौ -एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा चितवन टाइगर्सले काठमाण्डौ किङ्ग्स इलाभेनलाई तीन विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा काठमाण्डौले दिएको एक सय ४२ रनको लक्ष्य चितवनले आठ विकेट गुमाएर आठ बल बाँकी छँदै भेटायो । चितवनका लागि राजेश पुलामीले सर्वाधिक २६ र दिलिपनाथ र कमलसिंह ऐरीले समान २३र२३ रन बनाए । काठमाण्डौका जितेन्द्र मुखिया र रायन बर्लले दुईरदुई विकेट लिए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४१ रन बनायो । काठमाण्डौका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए भने राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाए ।

 

चितवनका सागर ढकालले चार र करिम जनतले दुई विकेट लिए । आजको जितसँगै चितवन चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ भने काठमाण्डौ दुई अङ्कसहित चौथो स्थानमा छ । ईपीएलमा अहिले भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्स खेलिरहेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu