Connect with us
Kapilvast Forest

काठमाण्डौमा आजदेखि मेला, महोत्सव तथा सभा जुलुस गर्न नपाइने

२०७८, १४ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भीडभाड, मेला र महोत्सव गर्न रोक लगाएको छ।

काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ ।

अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो । कोभिड-१९ को सङ्क्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि साङ्केतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu