Connect with us
Kapilvast Forest

पाेखरामाथि चितवनको ९ विकेटकाे जित

२०७८, १५ आश्विन शुक्रबारमा प्रकाशित

 

काठमाडौं-एभरेस्ट प्रिमियर लिगको शुक्रबार भएको दोस्रो खेलमा पोखरा राइनोजमाथि चितवन टाइगर्सले सानदार जित निकालेको छ।चितवन टाइगर्सले ९ विकेटले जित निकाल्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। चितवन तीन खेल खेल्दै ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो। समान तीन खेल खेलेको भैरहवा ग्लाडियटर चार अंकका साथ दोस्रो स्थानमा छ। यो हारसँगै पोखराको तीन खेलमा तीन अंक रहेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २३ रन जोडेको थियो। पोखराका लागि विवेक यादवले नट आउट ४५ बल खेल्दै तीन छक्का र तीन चौकाको मद्दतले ५३ रन जोडे। पोखराका लागि असेला गुनरत्नेले २५, रिचर्ड लेभीले २० रन जोड्दा अन्य ब्याटसम्यानले भने दोहोरो अंक बनाउन सकेनन्।

पोखराका लागि लोकेश वमले आठ, विनोद भण्डारीले पाँच रन जोड्दा रित गौतम दुई रनमा आउट भए। केसरिक विलियम्स दुई रनमा नट आउट रहे। पोखराका सुनिल धमला र विक्रम सोध शून्य रनमा आउट भए।

पोखरालाई सस्तैमा समेट्ने क्रममा कमल ऐरी र सहाव आलमले दुई÷दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए। चितवनका ओपनर इसान पाण्डे सात बल खेल्दै शून्यमा आउट भए पछि आएका भीम कार्कीले मोहम्मद साहजादसँग ठूलो साझेदारी गर्दै चितवनलाई जित दिलाएका हुन्। कार्की र शाहजादले अर्धशतकीय पारी खेले।

शाहजादले ५२ बलमा सात चौका र दुई छक्काको मद्दतले ६३ रन बनाउँदा कार्कीले ४२ बलमा पाँच चौका र दुई छक्कासहित ५४ रन बनाए। पोखराका लागि एक मात्र विकेट विक्रम सोभले थिए। उनले इसान पाण्डेलाई आउट गरेपनि त्यसपछि पोखराका बलरले कुनै विकेट लिन सकेनन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu