Connect with us
Kapilvast Forest

कपिलवस्तुका नेपाल–भारत सीमानाका खुला

२०७८, १५ आश्विन शुक्रबारमा प्रकाशित

माधव बेल्वासे,चन्द्रौटा-कोरोना महामारीका कारण बन्द रहेका कपिलवस्तुका नेपाल–भारत सीमानाका खुला गरिएको छ । कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब दुई वर्षदेखि सीमानाका बन्द भएका थिए ।

नेपाल सरकारले निर्णय अनुसार भारतसँग सीमा जोडिएका कपिलवस्तुका नाका खुला गर्ने निर्णय गरेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिनुभयो ।नेपालीको चाडपर्व नजिकिएसँगै कोरोना महामारी सङ्क्रमणदर केही घटेको मौका छोपी नेपाल सरकारले सीमानाका खोल्ने निर्णय गरेको हो । लामो समय सम्म नाका नखुल्दा नेपालमा पर्यटक समेत आउन नसकेको स्थानिय संचारकर्मी मनिस गुप्ताले बताउनुभयो ।

नाका खुलेपछि आवतजावत गर्ने सख्या बढेको गुप्ताले बताउनुभयो । सरकारले स्थलमार्गबाट आवागमन गर्न आवागमन गर्नु ७२ घण्टा पहिला कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने, लक्ष्यण भएको खण्डमा एन्टिजेन परिक्षण हुने लगाएतका नियम राखिएको छ । खुला गरिएका नाकामा हेल्थ डेस्क स्थापना रहेको छन् । सरकारको तोकेको मापदण्ड पुरा गरि आवजावत गर्न सकिने प्रजिअ पाण्डेले बताउनुभयो । यस अघि मालवाहक सवारी तथा नागरिक आवाजावत खुला रहेपनि निजि सवारी आवागमन बन्द रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu