Connect with us
Kapilvast Forest

मेरो बदनाम गर्ने षड्यन्त्र भइरहेको छ : प्रधानन्यायाधीश राणा

२०७८, १८ आश्विन सोमबारमा प्रकाशित

  काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकामाथि चौतर्फी प्रहार भइरहेको बताउनुभएको छ । प्रधानन्यायाधीशले नै आफ्ना मान्छे मन्त्री बनाउन भाग खोजेको भन्ने समाचार बाहिरिएपछि प्रधानन्यायाधीश राणाले यस्ताे बताउनुभएकाे हाे ।

आज साेमवार यही विषयमा ध्यानाकर्षण गराउन राणालाई भेट्न पुगेका सर्वोच्च अदालत बार एसोसिएशनका पदाधिकारीसँगको छलफलमा उहाँले सर्वोच्चले संविधानअनुसार निष्पक्ष फैसला गर्दा चौतर्फी आक्रमण भइरहेको र त्यसैको सिलसिलामा मन्त्री नियुक्तिमा आफ्नो नाम जोडिएको बताउनुभएको हो ।

पछिल्लो समय आफूलाई बदनाम बनाउने धेरै षड्यन्त्र भइरहेको भन्दै प्रधानन्यायाधीश राणाले मन्त्री नियुक्तिको विषयमा जोडिएर आएका समाचार झुटो भएको बताउनुभएको एक पदाधिकारीले जानकारी दिएका छन् । ‘मैले मन्त्रीमा भाग मागेँ भन्ने कुरा कल्पना पनि गर्न सकिन्न, मलाई र समग्र न्यायालयको छवि धुमिल बनाउने गरी आएका यस्ता आधारहीन कुरा नपत्याउनु होला’, राणाको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भनेका छन् ।यस विषयमा छिटै औपचारिक रूपमै खण्डन गर्ने पनि राणाको भनाइ छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu