Connect with us
Kapilvast Forest

चन्द्रागिरि कांग्रेसमा गिरीको प्यानल सर्वसम्मत

२०७८, १८ आश्विन सोमबारमा प्रकाशित

 

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिकाको कांग्रेस सभापतिमा घनश्याम गिरी निर्वाचित हुनु भएको छ । गिरी चन्द्रागिरि नगरपालिकाका मेयरसमेत हुनुन्छ ।आइतबार राति अबेर सर्वसम्मत रुपमा गिरीको नेतृत्वमा प्रकाशमान सिंह पक्षको प्यानल नै चुनिएको हो ।

उपसभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्र विक्रम वानियाँ चुनिनु भएको छ । सचिवमा राजेन्द्र महर्जन र नविन महर्जन तथा सहसचिवमा जीवन गिरी र भुवन श्रेष्ठ चुनिनु भएको छ ।कोषाध्यक्ष मञ्जय प्रकाश श्रेष्ठ बन्नु भएको छ ।

अब कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा नेतृत्व चयन हुन बाँकी छ । कीर्तिपुरमा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ ।दक्षिणकालीमा एउटा वडामा क्रियाशील सदस्यताको विवादका कारण नेतृत्व चयनको प्रक्रियामा ढिलाइ भएको छ ।काठमाडौं महानगरपालिकामा नीलकाजी शाक्यको प्यानल विजयी भएको छ । काठमाडौं महानगरपालिकामा प्रकाशमान सिंह र गगन थापाले तालमेल थिया ।

शंखरापुर, गोकर्णेश्वर र नागार्जुन नगरपालिकामा सिंहनिकट प्यानल विजयी भएको छ । देउवाको गृहनगर बुढानीलकण्ठमा गगन थापानिकट प्यानल विजयी भएको छ । त्यस्तै, तारकेश्वर र टोखा नगरपालिकामा कृष्णप्रसाद सिटौलानिकट प्यानल विजयी भएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा देउवा समूहले जितेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu