Connect with us
Kapilvast Forest

चाडपर्वको प्रभाव :कपिलवस्तुमा दैनिक ५ करोड बढी रेमिट्यान्स भित्रिदै

२०७८, २२ आश्विन शुक्रबारमा प्रकाशित

कपिलवस्तु – हिन्दुहरुको महान पर्व दशै लगायतका चाड नजिएसंगै कपिलवस्तुमा रेमिट्यान्स कारोबारमा बृद्धि भएको छ । एक सात यता बैक तथा बित्तीय संस्थाहरुमा रेमिटेन्सको कारोवारमा बृद्धि तेब्बर बढी भएको हो । जिल्लामा अहिले दैनिक ५ करोड बढी रेमिट्यान्स भित्रिरहेको कारोवार गर्ने बित्तीय संस्थाहरुले जनाएका छन् ।

कोरोनाले गर्दा बिगत बर्षहरु भन्दा यस बर्ष ४० प्रतिशतले कारोवारमा कमी आएको बैक तथा बित्तीय संस्थाहरुले जनाएका छन । बैदेशिक रोजगारमा गएका नेपालीहरुले दशै अघि देखि नै रकम पठाउने गरेका थिए । जिल्लाको सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, जितपुर गोरुसिंगे, पकडी लगायतका स्थानमा ६० बढि वित्तिय संस्थाहरुले यसको कारोवार गर्दै आएका छन् ।

बाणिज्य, निजी बैंक, सहकारी सहकारी संस्थाहरुले समेत रेमिटेन्सको कारोवार छन । कपिलवस्तु नगरपालिकाको पुरानो हाट बजार स्थित कसौधन मनी ऐक्सचेन्जका संचालक सन्तोष कसौधनले एक साता यता रेमिन्टसको कारोवार अत्यधिक बढेको बताउनु भयो । जिल्लामै सबैभन्दा बढी रेमिन्टेन्सको कारोवार गर्ने गरेका कसौधनले अन्य दिनहरुको तुलनामा अहिले धान्नै नसकिने भीड बढेको जानकारी दिनु भयो ।

जिल्लाभरमा अहिले दैनिक ४ देखि ५ करोड सम्म रेमिटेन्सको कारोवार भएको कसौधनको दाबी छ । अन्य समयमा आफनो संस्थामा २० देखि ३० लाख हुने गरेकोमा एक सातायता दैनिक ८० लाख सम्मको रेमिटेन्सको भुक्तानी हुने गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu