Connect with us
Kapilvast Forest

सुकुम्बासी र प्रहरीबीच झडपः गोली लागेर मृत्यु हुनेको संख्या चार पुग्यो

२०७८, २४ आश्विन आईतवारमा प्रकाशित

बुटवल –

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरूमध्ये ४ जनाको मृत्यु भएको हो ।

अस्पतालका प्रशासन प्रमुख शुशील गुरुङले ८ जना स्थानीय ल्याइएकोमा ४ जनाको मृत्यु भएको पुष्टी गरे । उनले घाइते ५ मध्ये १ जनाको अवस्था गम्भीर रहेको नेपाल प्रेसलाई बताए । अस्पतालमा ५ जना प्रहरीको पनि उपचार भइरहेको छ । मृतक कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको मात्र पहिचान खुलेको छ ।

सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि उत्पन्न तनाव नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले हाल त्यस क्षेत्रमा कर्फ्यू जारी गरेको छ । तर, आन्दोलनकारीको प्रदर्शनले स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए। प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरु भत्काउँदै आएको थियो ।यसअघि चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu