Connect with us
Kapilvast Forest

कपिलवस्तुको झाडापखाला प्रभावित क्षेत्रको पानीमा दिसामा पाइने जिवाणु भेटियो,बिरामीको संख्या ६८८ पुग्यो

२०७८, २४ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं – कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडापखाला प्रभावित क्षेत्रको पानीमा इकोली नामक किटाणु फेला परेको पाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा झाडापखला प्रभावित क्षेत्रको पानीको एउटा नमुनामा इकोली देखिएको उल्लेख छ ।

डा। पौडेलले भन्नु भयो , ‘इकोली मानिसको दिसामा पाइने एक प्रकारको किटाणु हो । जसको संक्रमणले मानिसलाई झाडापखला गराउँदछ ।’ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, विश्व स्वास्थ्य संगठन, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा नियन्त्रण, व्यवस्थापन तथा थप अनुसन्धान गरी उक्त प्रकोपको कारण तथा सम्भावित स्रोतको खोजी कार्य जारी रहेको उहाँले बताउनु भयो ।

अनुसन्धानको क्रममा प्रभावित क्षेत्रको पानीको एउटा नमुनामा इकोली देखिएको हो । दिसा तथा पानीका अन्य नमुना विस्तृत परीक्षणको क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

बिरामीको संख्या ६८८ पुग्यो

प्रभावित क्षेत्रमा झाडापखाला तथा वान्ताका बिरामी ६८८ पुगेको मन्त्रालयले जनाएको छ ।कृष्णनगर नगरपालिकाको ७, ८ र ९ मा फैलिएको झाडापखला तथा वान्ताका कारण आइतबारसम्म बिरामी हुनेको संख्या ६८८ पुगेको विज्ञप्तिमा उल्लेख छ ।

जसमध्ये ६३१ जना डिस्चार्ज भएका छन् भने ४० जना बिरामीको तौलिहवास्थित कपिलवस्तु अस्पताल र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै १७ जना बिरामीको कृष्णनगर नगरपालिकास्थित शिवराज अस्पतालमा उपचार भइरहेको छ ।

असोज १८ गतेदेखि सो नगरपालिकाकाको तीन वडामा झाडाखला र बान्ताका बिरामी फेला परेका थिए ।

प्रकोप नियन्त्रणमा आयो स् मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वडामा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रणमा आएको दावी गरेको छ ।

मन्त्रालयका अनुसार प्रकोप प्रतिकार्यका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्रीहरु स्थानीय प्रदेश, संघीय सरकार र विश्व स्वास्थ्य संगठन लगायतका साझेदार संघ संस्थाहरुको समन्वयमा व्यवस्थापन भइसकेको छ ।

प्रभावित क्षेत्रमा प्रकोप नियन्त्रणका लागि स्वास्थ्य संस्था, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरोकारवालाहरुको सहयोग र समन्वयमा घरदैलो अभियान सञ्चालन गरी सर(सफाइ, स्वच्छ पानी र खानाका लागि जनचेतनाका साथै पानी निर्मलीकरणका क्लोरि झोलरट्याब्लेट वितरण गरिएको छ ।

खाना बनाउनु वा खानु अघि साबुन पानीले हात धुन, राम्ररी पाकेको खाना मात्र खान, बासी वा सडेगलेका खानेकुरा नखान, पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउनु मन्त्रालयले अनुरोध गरेको छ ।

हेर्नुहोस् प्रेस विज्ञप्ति

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu