Connect with us
Kapilvast Forest

दुलही पुर्याएर फर्किने क्रममा बस दुर्घटना : चार जनाको ज्यान गयो, १३ जना घाइते

२०७८, २५ आश्विन सोमबारमा प्रकाशित

accident

काठमाडौं- अछाममा दुलही पुर्याएर फर्किँदै गरेको बस भीरबाट खस्दा चार जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् ।अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा राति ११ बजे पछि से १ च १७६३ नम्बरको बस दुर्घटनामा परेको नगरपालिकाका मेयर देवराज देवकोटाले उज्यालोलाई जनाकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षका जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षका जीवन न्यौपाने र १७ वर्षका हिमाल नेपालीको ज्यान गएको हो ।

घाइते भएका १३ जनामध्ये दुई जनालाई थप उपचारका लागि बाँकेको नेपालगञ्जमा रेफर गरिएको छ । अरुको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ । केही घाइतेको अवस्था गम्भीर छ । हिजो पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर २ को कोटबाट दुलहीलाई वडा नम्बर १ को नादीमा पुर्याएर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।

रातको समय भएको र चालकलाई सडकको अवस्थाबारे थाहा नहुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । बस ब्याक गर्ने क्रममा भीरबाट खसेको पनि मेयर देवकोटाले जानकारी दिनुभयो । बसका चालक घाइते छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu