Connect with us
Kapilvast Forest

आचार्यको अध्यक्षमा ५५ सदस्यि अनेरास्ववियु शिवराज नगर कमिटी चयन

२०७८, २५ आश्विन सोमबारमा प्रकाशित

कपिलवस्तु-अनेरास्ववियु शिवराजको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । आज भएको सम्मेलनबाट मार्शल आचार्यको अध्यक्षता ५५ सदस्य नगर कमिटी गठन भएको छ ।जसको उपाध्यक्षमा राहुल यादव ,राजेन्द्र बोहरा अर्जुन बेल्बासे ,सह–सचिवमा मधुसुधन आचार्य सहित ५५ सदस्यि चयन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) नेपालका स्थाइ कमिटी सदस्य अर्थात अनेरास्ववियुका लुम्बिनी प्रदेश सह इन्चार्ज   टुललाल गैरेले अनेरास्ववियुले विद्यार्थीहरुको हकहितमा आवाज उठाउँदै आएको बताउँदै विद्यार्थीका हरेक हक अधिकारका लागि लाग्नुपर्ने बताउनुभयो ।
यस्तै नेकपा एमाले पार्टी जिल्ला सचिवालय सदस्य . सि. बि. गहतराजले विद्यार्थीले समाज परिवर्तनमा महत्वपुर्ण भूमिका रहने भएकोले संगठनमा लाग्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा नेकपा एमाले जिल्ला सचिबालय सदस्य तथा शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले अनेरास्ववियुले देशको परिवर्तनमा अहम भुमिका खेलेको र देशको गौरवशाली संगठन, सबै भन्दा उत्कृष्ट, बलियो विद्यार्थी युनियन भएकोले विद्यार्थीका अधिकारका लागि गोलबद्ध हुन जरुरी रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा एमाले नेता तथा लुम्विनी प्रदेश सांम्सद अर्जुन कुमार के सी विष्णु पन्थीले विद्यार्थीहरुलाई सक्रिय भएर संगठनमा लागी समाजिक कार्यक्रममा अग्रसर हुनपर्नेमा जोड दिनुभयो । विद्यार्थीहरुलाई समाजमा सम्मानित, ठुलो कर्मचारी, नेताको रुपामा हेर्न चाहेको उहाँले बताउनुभयो
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा शिवराज नगर अध्यक्ष जगत पौडेल, नेकपा ऐमाले कपिलवस्तु जिल्ला कमिटि सदस्य महादेव पोखे्रल,अनेरास्वविय केन्द्रिय सदस्य इन्द्रा पौडेल लगायतले कार्यक्रमलाई सम्बोधन गर्दै नव गठित कार्यसमिति बधाई ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रम अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य केशव खनालको अध्यक्षतामा सम्पन्न भएको हो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu