Connect with us
Kapilvast Forest

यस वर्षकाे अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार तीन अर्थशास्त्रीलाई

२०७८, २५ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं – यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार क्यानडाका डेभिड कार्ड, अमेरिकी नागरिक जोशुआ एङ्ग्रिस्ट र नेदरल्यान्ड मूलका अमेरिकी नागरिक गिडो इम्बेन्सलाई दिइने भएको छ ।

इकोनमिक साइन्सेसका लागि दिइने यस पुरस्कारलाई स्वेरिग्स रिक्सबैंक प्राइज पनि भनिन्छ ।

आर्थिक नीति र अन्य घटनाहरू कसरी जाेडिन्छ भनेर सम्झाउनका लागि ‘प्राकृतिक प्रयाेग’ काे उपयाेग गरेकाले यी तीन अर्थशास्त्रीलाई अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार दिइने भएकाे हाे ।

श्रम अर्थशास्त्रमा याेगदानका लागि डेभिड कार्डलाई सम्मान मिलेकाे हाे, जाेशुआ एङ्ग्रिस्ट र गुइडाे इम्बेन्सलाई प्राकृतिक प्रयाेगबाट कारण र प्रभावकाे बारेमा सटिक निष्कर्ष निकालेका कारण पुरस्कृत गरिएकाे हाे ।

१० मिलियन स्विडिश क्राेन्स राशिकाे पुरस्कारको एक हिस्सा डेभिड कार्डलाई दिइने छ भने दोस्रो हिस्सा जोशुआ एङ्ग्रिस्ट र गिडो इम्बेन्समा बाँडिनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu